Latest News
Kathmandu

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–२, पिप्राही चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब ७ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ८१६७ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भुनाथ नगरपालिका–३ का २५ वर्षीय बिकी चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

६१९६ नम्बरको मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव
पछिल्लो समाचार →
ताइवान चिनियाँ भूमि : विदेशमन्त्री वाङ यी

Leave a Comment

Your email address will not be published. Required fields are marked *