Latest News
Kathmandu

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक

काठमाडौं । बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेताको बैठक बसेको हो ।

तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको हो ।

कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ताइवान चिनियाँ भूमि : विदेशमन्त्री वाङ यी
पछिल्लो समाचार →
मदन पुरस्कार-२०७८ का लागि ८ पुस्तक छनौटमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *