Latest News
Kathmandu

मदन पुरस्कार-२०७८ का लागि ८ पुस्तक छनौटमा

मदन पुरस्कार-२०७८ का लागि ८ पुस्तक छनौटमा

काठमाडौं । यसवर्षको मदन पुरस्कारका लागि ८ पुस्तक छनौटमा परेका छन् । मदन पुरस्कार गुठिलाई प्राप्त भएका २९९पुस्तकहरूमध्येबाट ८ वटा पुस्तक छानिएको हो ।

मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति जारी गर्दै छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन् । ती ८ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

छनौटमा परेका ८ पुस्तकहरू
‘अग्नि’-डा. नवराज लम्साल
‘ग्रीष्मको नीलो बतास’–डा. दामोदर पुडासैनी ‘किशोर’
‘महाभारा’-बसन्त बस्नेत
‘यादको सन्दुक’–दिपा मेवाहाङ राई
‘लिच्छवि लिपि’-डा. नयनाथ पौडेल
‘व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश’-प्रा. नीलमणि ढुङ्गाना
‘सतीः इतिहास र मीमांसा’-सुजित मैनाली
‘हिति प्रणाली’-पद्मसुन्दर जोशी

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक
पछिल्लो समाचार →
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Leave a Comment

Your email address will not be published. Required fields are marked *