युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । सम्बन्धमा जब विश्वासको जग हल्लिन्छ, त्यसपछि सम्बन्ध चकनाचुर हुन्छ । सम्बन्धको जग भरोसा र इमान्दारितामा निर्भर हुन्छ । हामीले इमान्दारिताको परिभाषालाई एकदमै संकुचिन गरिरहेका छौं ।

सम्बन्धमा ‘इमोसनल ब्ल्याकमेलिङ’ अर्थात् भावनात्मक धम्कीले झनै सम्बन्धलाई कमजोर बनाउने गर्छ । तर हामीले हाम्रो भावनात्मक सम्बन्धलाई यति संकुचित बनाइरहेका छौं कि हामीलाई थाहा नहुँदानहुँदै पनि हाम्रा साथीमाथि ब्ल्याक मेलिङ भइरहेको हुन सक्छ ।

प्रत्येक सम्बन्धमा एक समय यस्तो आउँछ जब तपाईंको साथीले तपाईंलाई आपत्तिजनक लाग्ने व्यवहारहरू गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा तपाईंमा चोट पुगेको हुन सक्छ या तपाईंको व्यवहारले तपाईंको साथीलाई चोट पुर्‍याइरहेको हुन सक्छ । धेरै चोटि तपाईं यी चीजहरूलाई बेवास्ता गर्न सक्नुहुन्छ वा यी कुराहरू तपाईंले मतलब नगरिरहेको हुन सक्नुहुन्छ । हुनसक्छ तपाईं भित्रैदेखि धेरै शक्तिशाली हुनुहुन्छ । यो कहिलेकाँही मुडमा पनि निर्भर हुने कुरा हो ।

माफ
पहिले तपाईं किन निराश हुनुहुन्छ भनेर पत्ता लगाउनुहोस् । तपाईंको पार्टनरको कुन व्यवहार तपाईंलाई मनपर्दैन ? यदि तपाईंले आफ्नो उदासीनताको कारण पत्ता लगाउनुभयो भने तपाईं यसलाई आफ्नो पार्टनरसँगै नरम व्यवहार गरेर समाधान गर्न सक्नुहुन्छ । एक अर्कासँग खुला रूपले कुरा गर्नुहोस् । कुरा गर्ने बेलामा समाधान नगरिएका कुराहरु छोड्नु राम्रो हुँदैन । सम्भव भएसम्म सम्बन्धमा दुरी बढ्न नदिनुहोस् ।

इगो
यदि तपाईं जहिले पनि सोच्ने गर्न सक्नुहुन्छ कि तपाईं सही हुनुहुन्छ र आफ्नो पार्टनरले माफी माग्नुपर्छ भन्नेमा तपाईं निश्चित हुनुहुन्छ । यदि यस्तो सोच्नु भएको छ भने यो ठीक कुरा होइन । यदि तपाईंको पार्टनरले पनि यस्तै सोच्छ भने स्थिति अझ खराब हुने गर्छ । यस्तो अवस्थामा कसैले पनि एक अर्कासँग माफी माग्दैन र दुबै अटल हुन्छन् । यसले झनै समस्या सिर्जना गराउन सक्छ । त्यसोभए आफ्नो जिद्दी छोड्नुहोस् र पहिले आफैँ आफ्नो साथीलाई बोलाउने कोसिस गर्नुहोस् । दुवैले बोलाउने कोसिस गर्ने हो भने यसले बिग्रिँदो अवस्थालाई व्यवस्थापन गर्न सहज हुन्छ ।

जिम्मेवारी
यदि तपाईंलाई लाग्छ कि गल्ती तपाईंको तर्फबाट गरिएको छ भने ढिलाइ नगरी यसलाई स्वीकार्नुहोस् । विश्वास गर्नुहोस्, तपाईंको साथीले तपाईंको व्यवहारको लागि माफी दिन कन्जुस्याइँ गर्दैन । चाहे श्रीमान् होस् या श्रीमती माफी दिन कसैले पनि हिच्किचाउने गर्दैनन् । माफी माग्दा विशेष गरेर सम्बन्ध मजबुत गराउन पनि यसले मद्दत गर्छ । तपाईंको व्यवहारले तपाईंहरू दुवैको सम्बन्ध बचाउन पुलको रूपमा काम गर्छ । जतिसुकै ठूलो लडाइँ भए पनि यस्तो पहलले लडाइँलाई चाँडै अन्त्य गर्न मद्दत गर्छ ।

सपोर्ट
जब तपाईंको साथी तपाईंसँग रिसाउछन्, उनीहरू केटी वा केटा जो सुकै भए पनि त्यो समयमा उसले तपाईंलाई भावनात्मक समर्थनको अपेक्षा गर्छ । यस्तो अवस्थामा यदि तपाईं आफूलाई भावनात्मक रूपमा कमजोर भएको देखाउनुहुन्छ वा उसले खोजेको भावनात्मक समर्थनलाई बेवास्ता गर्नुहुन्छ भने तपाईंले उसबाट सधैंका लागि आदर गुमाउन सक्छ । धेरै सम्बन्धहरूमा ब्रेकअपको सबैभन्दा ठूलो कारण भनेको नै भित्रबाट महिलाको टुक्रिएको मन र आफ्नो पार्टनरप्रतिको आदर गुमाउनु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर