Latest News
Kathmandu

ताइवानी सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

ताइवानी सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास

काठमाडौं । ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनालेपनि उक्त अभ्यास गरेको हो ।

पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मीका प्रेसका प्रवक्ता लोउ वोई-जेले जानकारी दिए ।

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको थियो । दशकौंपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् ।

ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ । चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ ।

मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौं सेना र करिब ४० हाउविजर (लामो दूरीका हतियार) तैनाथ हुने सेनाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अण्डा दिनमा कति खाने ?
पछिल्लो समाचार →
प्रचण्ड जापानबाट फर्किएपछि माओवादीले दल दर्ता गर्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *