Latest News
Kathmandu

चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौँ । भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

ट्रकको ठक्करावाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्राचीन नेपालको नाम ‘किरात देश’ हो !
पछिल्लो समाचार →
यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

Leave a Comment

Your email address will not be published. Required fields are marked *