युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार ५.११ अंकले घटेको नेप्स आज १९.०६ अंकले घटेर बन्द भएको हो ।

आज ०.९३ प्रतिशतले घटेर दुईहजार ३७.८३ को विन्दुमा पुगेको छ । दिनभर २२३ कम्पनीका ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको कारोबार भयो ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले घटेर ३९१.६६ को बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्डबाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । म्युचअल फन्डको ०.४६ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक फाइनान्स समूहको २.३८ प्रतिशतले घटेको छ । बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समहुको १.६० प्रतिशत, होटल तथा पर्यटन समूहको १.८० प्रतिशत, हाइड्रोपावर समूहको १.२८ प्रतिशत लगानी समूहको १.७९ प्रतिशत, लाइफ इन्स्स्योरेन्स समूहको ०।७० प्रतिशत घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहको १.५२ प्रतिशत, माइक्रो फाइनान्स समूहको ०.७३ प्रतिशत, ननलाइफ इन्स्योरेन्स समूहको ०.८६ प्रतिशत, अन्य समूहको १.७८ प्रतिशत, ट्रेडिङ समूहको ०.०१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर