काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् ।
राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनो र श्रीमतीको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए ।
ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैंछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।’

Leave a Comment