Latest News
Kathmandu

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, ४५५ जना संक्रमित

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, ४५५ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

स्वासथ्य मन्त्रालयका अनुसार ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् ।

स्वास्थय मन्त्रालयका अनुसार २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सेयर बजारमा लगातार गिरावट, २८ अंकले घटेर कारोबार १ अर्ब ८७ करोडमा सीमित
पछिल्लो समाचार →
बेलायतमा सेफ पेशामा आवद्ध नेपालीलाई ऐकताबद्ध हुन आह्वान

Leave a Comment

Your email address will not be published. Required fields are marked *