काठमाडौं । नेप्से सूचक आइतबार झण्डै २८ अंकले घटेको छ । यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ । झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको हो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.८ प्रतिशतले घटेको छ ।
यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २.७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २।२६ प्रतिशतले घटेको छ ।
हाइड्रोपावर समूहको उपसूचक १.८६ प्रतिशतले घटेको बजारमा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.०९ प्रतिशतले, बैंकिङ समूह ०.६७ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक भने १.१३ प्रतिशतले घटेको छ ।

Leave a Comment