युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र ड. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले अब एक ठाउँमा उभिन आफूहरुलाई कसैले रोक्न नसक्ने पनि बताए । ‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन । त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु’, प्रचण्डले भने । यद्यपि आजनै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ । यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ’, प्रचण्डले भने ।

चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने पनि प्रचण्डले बताए । ‘एकता चुनावअघि सम्भव छैन । तर चुनावपछि चाहिँ नेकपा वा त्यसको पछाडि समाजवादी वा अरु केही हुनसक्छ’, प्रचण्डले भने ।

निर्वाचन आयोगमा माओवादी र नेसपाले संयुक्त रुपमा पार्टी दर्ता गराएपछि बाबुरामलगायतसँग फेरि बैठक बसेर मिलेर जाने विषयमा गम्भीर छलफल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर