Latest News
Kathmandu

आजबाट पातलो प्लाष्टिक झोलामा प्रतिबन्ध

आजबाट पातलो प्लाष्टिक झोलामा प्रतिबन्ध

काठमाडौं । सरकारले आजबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको हो ।

वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको सरकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागुगर्ने तयारी रहेकोले सबैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन वातावरण विभागले आग्रह गरेको छ ।

४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

यसअघि गत असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

प्लाष्टिकका झोला प्रतिवन्धको सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद्को गत माघको निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।

कोभिड—१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो भएको सन्दर्भमा पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको विभागको भनाइ छ

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बाबुरामजी र म एकठाउँमा उभियौँ, अब कसैले रोक्न सक्दैन : प्रचण्ड (भिडियो)
पछिल्लो समाचार →
निर्वाचन आयोगमा ८४ दल दर्ता, आजबाट जाँचबुझ हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *