Latest News
Kathmandu

आर्थिक वर्षको पहिलो महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

आर्थिक वर्षको पहिलो महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

काठमाडौं । सरकारले एक महिनामा ९१ अर्ब आम्दानी गर्दा २२ अर्ब २५ करोड खर्च गरेको छ । चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको हो ।

साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन हो । एक महिनामा ७९ करोड ३० लाख अनुदान प्राप्त भएको छ ।

महालेखाले जनाए अनुसार अन्य आम्दानी १० अर्ब ४८ करोड ४८ लाखसहित एक महिनामा कुल ९१ अर्ब रुपैयाँ आम्दानी भएको छ । आम्दानीमा सरकारले दिने आन्तरिक तथा बाह्य ऋण भने जोडिदैन ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यसबीचमा चालु, पूँजीगत र वित्तीय हस्तान्तरणमार्फत २२ अर्ब २५ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । महालेखाले वित्तीय व्यवस्थातर्फको खर्च भने विवरणमा राखेको छैन ।

सरकारले यस वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । एक महिनामा चालु खर्च ५ अर्ब ६५ करोड र वित्तीय हस्तान्तरणतर्फ १५ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ ।

पूँजीगत खर्च भने १ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ०.९३ प्रतिशत मात्र हो । चालु आवमा पूँजीगत तर्फ ३ खर्ब ८० करोड रुपैयाँ खर्च गर्ने सरकारको लक्ष्य छ ।

पूँजीगत खर्चका लागि गर्नुपर्ने पूर्वतयारीका काम आर्थिक वर्षको प्रारम्भिक महिनामा गर्ने प्रचलन छ । सोहीकारण पूँजीगत खर्च भने कम हुने गर्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव : प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, प्रदेशसभा खारेज
पछिल्लो समाचार →
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई एन्फामा स्वागत

Leave a Comment

Your email address will not be published. Required fields are marked *