Latest News
Kathmandu

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई एन्फामा स्वागत

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई एन्फामा स्वागत

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वागत गरेको छ । बुधबार कम्प्लेक्समा एन्फा महासचिव किरण राईले प्रशिक्षक हुमागाईलाई स्वागत गरेका हुन् ।

हुमागाईलाई एन्फा कार्यसमितिको दोस्रो बैठकले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । हुमगाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवादको विषय नसुल्झिएको अवस्थामा हुमागाईलाई एन्फाले एक खेलका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो । हुमागाईं नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीका पनि मुख्य प्रशिक्षक हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आर्थिक वर्षको पहिलो महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड
पछिल्लो समाचार →
नेपाली क्रिकेट टोलीको कमजोर पक्ष पत्ता लगाइसकेको छु : मनोज प्रभाकर

Leave a Comment

Your email address will not be published. Required fields are marked *