Latest News
Kathmandu

काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति

काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति

काठमाडौं। काठमाडौँ महानगरपालिकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध तत्कालका लागि हट्ने भएको छ ।

बुधबार साँझ काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलमा चार बुँदे सहमति भएपछि बञ्चरेडाँडामा फोहोर फाल्नका लागि भइरहेको अवरोध तत्कालका लागि अन्त्य भएको हो ।

बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको छ । साथै गत २६ जेठमा भएको सहमति कार्यान्वयनका लागि समेत दुवै पक्ष सहमत भएका काठमाडौँका प्रजिअ गोविन्द रिजालले जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुनः पारित गर्ने तयारी
पछिल्लो समाचार →
बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *