Latest News
Kathmandu

बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

काठमाडौं । रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका-२ अन्तरगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका सन्तु जैसवारले बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति
पछिल्लो समाचार →
डुङ्गा पल्टिँदा विद्यालय जाँदै गरेका २४ विद्यार्थी घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *