Latest News
Kathmandu

डुङ्गा पल्टिँदा विद्यालय जाँदै गरेका २४ विद्यार्थी घाइते

डुङ्गा पल्टिँदा विद्यालय जाँदै गरेका २४ विद्यार्थी घाइते

काठमाडौं । दाङको राप्ती नदीमा विद्यालय जान लागेका विद्यार्थी सवार डुङ्गा पल्टिएको छ । लमही नगरपालिका-९ तरुलियाबाट राजपुर गाउँपालिका-७ मा रहेको माध्यामिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी सवार रहेको डुंगा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिए ।

डुङ्गा पल्टिदा करिब २४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुको अवस्था भने सामान्य रहेको केसीले जानकारी दिए ।

‘डुंगाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गालाई नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ स्थानीय केसीले भने ।

डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए । करिब ५०० मिटर तल नदीसम्म बगेका उनीहरुलाई माछा मार्ने माझीले उद्धार गरेका थिए ।

डुंगा पल्टिदा अधिकांश विद्यार्थीका जुत्ता चप्पल, किताब-कापी, झोला बगेको छ । पौडी खेल्न सक्ने जति आफैं बाहिर आउँ सफल भएका थिए भने अन्यलाई उद्दार गरिएको केसीले बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु
पछिल्लो समाचार →
मनाङमा थपिए १ वर्षमा ४९ वटा नयाँ उद्योग

Leave a Comment

Your email address will not be published. Required fields are marked *