Latest News
Kathmandu

मनाङमा थपिए १ वर्षमा ४९ वटा नयाँ उद्योग

मनाङमा थपिए १ वर्षमा ४९ वटा नयाँ उद्योग

काठमाडौँ । हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।

मनाङमा सबैभन्दा धेरै कृषि तथा वनपैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावर उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राइभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।

गत वर्ष जिल्लामा ५२ उद्योग नवीकरण भएको छ भने पाँच उद्योगको नामसारी, ६ वटा उद्योगको पुँजी वृद्धि, तीन वटाको नाम परिवर्तन र दुई उद्योगको लगतकट्टा गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।

यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नवीकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशीलता विकास तालिम र ६७ जनालाई सिप विकास तालिम दिएको छ ।

कार्यालयले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकीय संरचना समेत निर्माण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
डुङ्गा पल्टिँदा विद्यालय जाँदै गरेका २४ विद्यार्थी घाइते
पछिल्लो समाचार →
काबुलको एक मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *