Latest News
Kathmandu

संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो : सञ्चारमन्त्री कार्की

काठमाडौं । सरकारका प्रवक्ताज्ञानेन्द्रबहादुर कार्कीले संविधान र समृद्धिको बाटोमा मुलुकलाई हिँडाउन गठबन्धन जरुरी भएको बताएका छन् ।

मंगलबार बिहान नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारीसँगको भेटमा कार्कीले सिद्धान्त फरक भएपनि मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको पक्षमा गठबन्धन गरेको जिकिर गरे ।

‘हिजो संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो । यो कसैका विरुद्ध बनेको होइन’, कार्कीले प्रष्ट्याए ।

उनले मंसिर ४ को निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताए । अबको १० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाएर दक्षिण एसियाकै धनी राष्ट्र बनाउनेतर्फ काम गर्ने मन्त्री कार्कीको भनाइ थियो ।

गठन्धनको कार्यदलका सदस्यसमेत रहेका उनले सीट बाँडफाँट न्यायोचित र स्वभाविक ढंगले हुने बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मोटरसाइकल चोरी अभियोगमा ३ जना पक्राउ
पछिल्लो समाचार →
असनको फुटपात खाली गराउन सुरु

Leave a Comment

Your email address will not be published. Required fields are marked *