काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै सस्तो भएको छ । क्रुड आयलको मूल्य प्रतिब्यारल ९२ डलरमा कारोबार भइरहेको छ ।

विज्ञहरुका अनुसार यो मूल्यमा अझै गिरावट आउन सक्नेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तिएपछि नेपालको मुख्य आयात बजार भारतमा पेट्रोल,डिजेलको मूल्यमा प्रतिलिटर भारु ३ रुपैयाँ घट्ने बताइएको छ ।
यसअघि गत फेब्रुअरीमा कच्चा तेलको मूल्य ९० डलर प्रतिब्यारल थियो । जुनमा १२५ डलर प्रतिब्यारलसम्म पुगेको छ । कच्चा तेलको मूल्य घटेर प्रतिब्यारल ८५ डलरसम्म झर्न सक्ने विज्ञहरुको भनाई छ ।
कच्चा तेलको मूल्य १ डलर प्रतिब्यारल महँगो हुँदा भारतमा पेट्रोल, डिजेलको मूल्य ५०,६० पैसा प्रतिलिटर बढ्छ । यस्तोमा यही दरले घट्दा भारतमा अबको केही समयपछि प्रतिलिटर ३ देखि ४ रुपैयाँ सस्तो हुने आँकलन छ ।
यस अनुसार क्रुडको मूल्य २६ प्रतिशतले सस्तो भइसकेको छ । चीन र युरोपका कयौँ देशको अर्थव्यवस्था दबाबमा छ । यहीकारण क्रुडको माग अझै घट्न सक्नेछ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२५ डलर प्रतिब्यारलसम्म पुगेको थियो । जुन सेप्टेम्बर भन्दाअघि हप्तामा ९२ डलर प्रतिब्यारल कारोबार भएको थियो ।
नेपालमा भारतले तीन पटकसम्म घटेको दर पठाउँदा पनि मूल्य समायोजना नगरेको आयल निगमले पछिल्लो पटक केही बढेको पठाउनेबित्तिकै वृद्धि गरिसकेको छ । निगमले भने अहिले तेलको घाटा मासिक ६१ करोड रहेको भन्दै मूल्य घटाएकै छैन ।

Leave a Comment