Latest News
Kathmandu

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्दको प्यानल नै विजयी भएको हो ।

 

 

 

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरे । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।

 

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कच्चा तेलको मूल्य सात महिनायताकै सस्तो
पछिल्लो समाचार →
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

Leave a Comment

Your email address will not be published. Required fields are marked *