Latest News
Kathmandu

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

काठमाडौं । सरकारले दक्षिण कोरियाले दिएको आठ मिलियन अमेरिकी डलर स्वीकृत गर्ने निर्णय गरको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरियाको रोजगारीबाट फर्किएका कामदारहरूको स्थिर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि सो सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको हो ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले योसहित २६ वटा निर्णय भएको बताए ।

 

 

यस्ता छन् मन्त्रिपरिषद्को २६ निर्णयहरू

— भदौ २७ र २८ गते सिगापुरमा आयोजना हुने फ्याक्ट इन्टरपोल राउन्ड टेबलमा इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवलाई सहभागी हुन स्वीकृत दिने ।

— कात्तिक १८ देखि २१ गतेसम्म भुटानको पारोमा आयोजना हुने जेन्डर इक्वालेटी एन्ड सोसल इक्वेजन फ्रेमवर्क विषयक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना अयोगका सदस्य सोलुनी प्रधान सिंहलाई स्वीकृत प्रदान गर्ने ।

— नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भदौ २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृत दिने ।

— कोरियाको रोजगारीबाट फर्किएका श्रमिकहरूको स्थिर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने ।

— निजीकरण समितिको सदस्यमा राजेन्द्र कुमार केसी र कृष्णलाल महर्जनलाई मनोनयन गर्ने ।

— असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने एसीयाली विकास बैंकको बोर्ड अफ गर्भनर्सको ५५ वार्षीक बैठकमा भाग लिन अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत दिने ।

— नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने ।

— कात्तिक १४ देखि १८ सम्म क्यानडाको थर्ड फोर्थ मिटिङ अफ द पार्टीज अफ मन्ट्रियल प्रोटोकल कार्यक्रममा नेपाल सरकारको तर्फबाट भाग लिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको सचिवलाई स्वीकृत दिने ।

— खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू र अन्य १३ वटा आयोजनाहरूमा आर्थिक वर्ष २०७९र८० मा आवश्यक पर्ने राजपत्राकिंत तहको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

— स्पेन सरकारबाट अम्बिका श्रेष्ठ, अर्चना श्रेष्ठ , संगिता श्रेष्ठ, वसन्तकुमार चौधरी र प्रविण कुमार प्रधानलाई प्रदान गरिने पदक ग्रहण गर्न स्वीकृत दिने ।

— असोज २७ देखि कात्तिक २ सम्म अमेरिकामा इन्टरनेसनल एसोसीएसन अफ चिफ अफ पुलिस कन्फ्रेन्स कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई सहभागी हुन स्वीकृत दिने ।

— भारतीय विदेश सचिवको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई २८ देखि २९ भदौसम्म भारत भ्रमणका लागि स्वीकृत दिने ।

— सप्तरी जिल्ला हाल राजविराज नगरपालिका १३ वडा स्थित सरकारी जग्गा मधेस कृषि विश्वविद्यालय सप्तरीलाई लिजमा उपलब्ब गराउन स्वीकृत दिने ।

— बालसुधार गृह भक्तपुर कास्की मोरङ र बाकेको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम यूसेफ नेपाललाई व्यवस्थापन करार गर्न स्वीकृत दिने ।

— भदौ २७ देखि ३१ सम्म बेल्जियमको ब्रसेल्समा अयोजना हुने युथ पोलिटिकल एन्ड सिभिल इगेज्मेन्ट समिट अफ द डेमोक्रेसीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर पौडेललाई सहभागी हुन स्वीकृत दिने ।

— राष्ट्रिय खेलकुद नियमावली २०७९ स्वीकृत गर्ने ।

— भदौ २७ देखि २९ गतेसम्म सिनेगलमा हुने एलडीसी स्ट्राटेजी एन्ड एलडीसी मिनिस्ट्रीयल मिटिङ कार्यक्रममा वन तथा वातावरण मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने ।

— मेची महाकाली विद्युतीय रेल मार्ग सिमरा बर्दीवास खण्ड निर्माणका लागि सर्लाही जिल्लाको राष्ट्रिय वनको ८ हेक्टर क्षेत्रफल प्रयोग गर्न स्वीकृत दिने,

— नेपाल सरकार र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी बिच हुने कन्ट्र प्रोमग फ्रेम वर्क २०२२ देखि २०२७ स्वीकृत गरि शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीलाई नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी दिने ।

— असोज ७ देखि ११ सम्म अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको अस्ट्रियाको भियनामा हुने कार्यक्रमहरूमा सहभागी हुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने ।

— कात्तिक २८ देखि ३० गतेसम्म उज्वेकिस्थानमा आयोजना हुने वर्ल्ड कन्फ्रेन्स अन अर्ली चाइल्वुड कियर एन्ड एजुकेसन सम्बन्धी कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीलाई सहभागी हुन स्वीकृत दिने ।

— सहिद दशरथचन्द्र स्वास्थ शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।

— नेदरल्यान्ड र बेल्जियममा असोज २४ गतेदेखि २८ गते सम्म सञ्चालन हुने इन्टरनेसनल स्टडी टुर अफ द युरोपियन युनियन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेधीलाई सहभागी हुन स्वीकृत दिने ।

— छेडागाड नगरपालिका जाजरकोट, मुडकेचुला गाउँपालिका रोल्पा र जगदुल्ला गाउँपालिका डोल्पाको केन्द्र परिवर्तन गर्न स्वीकृत दिने ।

— मलेसियाको राजधानी क्वलालमपुरमा असोज ४ देखि ७ गते सम्म अयोजना हुने ९औँ सिटी नेट अफ कंग्रेस सिटी अफ अल एक्टिभेटिङ एक्सेस फर अरवन ग्रोथ विषयक कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने ।

— स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७९र८० का लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने विभिन्न अधिकृत तहको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित
पछिल्लो समाचार →
यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला

Leave a Comment

Your email address will not be published. Required fields are marked *