Latest News
Kathmandu

यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला

यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला

काठमाडौं । बडा दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले दशैँमा यात्रुलाई सास्ती नहोस् र सजिलै आवतजावतका लागि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने निर्णय गरेको हो ।

 

 

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेका अनुसा अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुलाई व्यवसायीले छुट दिएर प्रोत्साहन गर्ने, कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गराउने, खाना खुवाउने ठाउँमा भिडभाड नगर्ने, अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट खरिदरबिक्री निरुत्साहित गर्न अनुगमन गर्ने पनि निर्णय भएको छ ।

 

असोजको १५ देखि २२ गतेसम्म अत्यावश्यक सामग्री बोकेका बाहेक अरू मालवाहक गाडीलाई नारायणगढबाट काठमाण्डौसम्म चल्न नदिने निर्णय पनि भएको उनले बताए । यस्तै आजको बैठकले दशैँका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय
पछिल्लो समाचार →
सार्वजनिक कार्यक्रममै प्रचण्ड-जनार्दनबीच भनाभन

Leave a Comment

Your email address will not be published. Required fields are marked *