Latest News
Kathmandu

एमालेबाट समानुपातिकमा पुण्य गौतम सिफारिस

एमालेबाट समानुपातिकमा पुण्य गौतम सिफारिस

 

काठमाडौं । नेकपा एमालेले पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । काठमाडौंको क्षेत्र नम्बर-३ बाट उनको सिफारिस भएको हो ।

 

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।

 

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए । उनले छिट्टै एमालेको केन्द्रीय कमिटीमा पनि स्थान पाउने आशा राखेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक
पछिल्लो समाचार →
नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बनाइन्छ : राजेन्द्र लिङ्देन

Leave a Comment

Your email address will not be published. Required fields are marked *