Latest News
Kathmandu

पैसा र नाम कमाउन राजनीतिमा लागेको होइन : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पालिका र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामा प्रश्न उठेको बताएका छन्

 

 

 

 

शनिवार बानेश्वरमा कुमाले धारा मर्मत-सम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको बहुमत पाउँदा समेत कम्युनिस्ट पार्टीहरूले संघीयताका कानुन नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाएनेता सिंहले ट्र्याकबाट बाहिर गएको देशलाई ट्र्याकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको र आउँदो चुनाव जितेर कांग्रेसले देश विकास गर्ने जिकिर गरे । उनले भने-‘पालिका र प्रदेश सरकारलाई दिनुपर्ने अधिकार कानुनहरू नबनाइदिएका कारण प्रश्न उठेको छ । बहुमत पाएर पनि कम्युनिस्टहरूले काम गर्न नसक्दा यो अवस्था आएको हो । गठबन्धन बनाएर देशलाई ट्र्याकमा ल्याएका छौँ ।’

अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । शिक्षा दिनेसँगै सीप दिने कामको विकास गर्न आवश्यक रहेको उनले बताए । हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको नेता सिंहले बताए ।

आफू पैसा कमाउन, नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताउँदै उनले भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको जिकिर गरे ।

यस्तै, नेता सिंहले रविन्द्र मिश्रप्रति इङ्गित गर्दै दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताए । दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने उनको भनाई थियो ।

नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती सेमत दिए । देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्युनिस्टलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीले कुनै काम गर्न नसक्ने नेता सिंहले जिकिर गरे ।

‘परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ?’ उनले प्रश्न गरे, ‘यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने अरू कसले गर्न सक्ला त ? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो ? त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन । स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि । नाराले केही काम हुँदैन । पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छौँ भनेर गर्न सकिन्छ र ?’, उनले भने— ‘ परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल । परिवर्तन के गर्छ भनेको आफूले खोलेको दललाई सम्हाल्नसम्म सकेन । अहिले के गरिरहेको छ ? राजनीति सजिलो छ ? पार्टी खोल्ने भनेको नाङ्लोमा पसल खोलेकोजस्तो होइन । कांग्रेस र कम्युनिस्टजस्तो पुरानो पार्टीलाई त गाह्रो छ भने नयाँ दलले कसरी काम गर्न सक्छन् ? आफ्नो नाममा दर्ता भएको दललाई त दुई वर्ष टिकाउन सक्दैनन् भने यिनीहरूले काम गरेर देखाउन सक्ला ?’

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दार्चुलामा पहिरोमा पुरिएका ५ जनाको शव भेटियो
पछिल्लो समाचार →
बङ्गलादेशमा पनि विद्युत् निर्यात गर्छौैं : ऊर्जामन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *