युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

 

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेका बताएकी छन् ।

शनिबार राजधानीमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने र हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको बताइन् ।

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौं । अब बङ्गलादेश पनि निर्यात हुँदैछ । जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ’, मन्त्री भुसालले भनिन् ।

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क जस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको बताइन् ।

यस्तै उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने पनि बताइन् । शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर