काठमाडौं । धरान शहरमा श्रमदानबाटै पानी ल्याइएको छ । धराने जनताले श्रमदान गरेरै सर्दु, खर्दु र निशानेको पानी जानकी चौकमा सोमबार ल्याइएको हो ।
‘आज अत्यन्तै खुसी छु ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुराएकाछौँ’, हर्क साम्पाङले भनेका छन्- ‘सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद । हामी जुट्नेछौँ , यो देश माथि उठाउन हामी जुट्नेछौँ !’
मेयर साम्पाङको धराने जनतालाई पानी खुवाउने अभियानमा जनताको सहयोगमार्फत १० इन्च पाइपमा जानकी चोकमा ठुलो पानी ल्याएको हो । चोकमा पानी ल्याइएपछि धराने जनताले खुशी मनाएका छन् ।

Leave a Comment