युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

 

काठमाडौं । काठमाडौंमा आफुलाई प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–६ घर भइ हाल काठमाडौंको हाँडीगाउँ बस्ने वर्ष ४१ का बाल सुन्दर सापकोटा र सोही स्थानका ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।

प्रहरीका अनुसार आइतबार (भदौ २६ गते) दिउँसो अन्दाजी साढे २ बजेको समयमा कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठले सञ्चालन गरेको केएस मोबाइल सपमा उनीहरूले अनलाइनमार्फत मोबाइल किन्छु भनि बहाना बनाएर पसलमा गई हामी प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान आई फोन मोबाइल सेट लुटपाट गरी लगेका हुन् ।

अनुसन्धानको सिलसिलामा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही दिन बेलुकाको समयमा कात्यायनी मन्दिर नजिकबाट लुटपाट गरी लगेको मोबाइल थान ३ र वारदातमा प्रयोग भएको नक्कली पेस्तोल थान २, गोली थान ५ सहित सापकोटा र कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई डाँका कसुरमा आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, बानेश्वर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर