Latest News
Kathmandu

थप १७९ जना कोरोना संक्रमित, १ जनाको मृत्‍यु

थप १७९ जना कोरोना संक्रमित, १ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार
पछिल्लो समाचार →
पत्रकार महासंघले भन्यो- ‘प्रेसविरोधी कार्यमा संलग्नमाथि तत्काल कारबाही गर’

Leave a Comment

Your email address will not be published. Required fields are marked *