काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न पनि सेनाको ध्यान जानुपर्ने बताएका छन् ।
आफ्नो पदबहाली भएको एक वर्षका अवसरमा आइतवार जङ्गी अड्डास्थित सभामण्डपमा एक कार्यक्रम गरेर सम्बोधन गर्दै उनले उनले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
उनले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने बताए । ‘हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहनु । सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुन्छ’, उनले भने ।
‘मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्नु आवश्यक छ । निर्वाचनका क्रममा आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्नु’, उनले निर्देशन दिए ।
राष्ट्रिय गौरवको काठमाडौं, तराई, मधेश द्रुतमार्ग सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए । कार्यक्रममा नेपाली सेनाका उपत्यकाभित्रका रथी, अधिकृत, पदिक तथा अन्य दर्जा सहभागी थिए। उक्त कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेशन, युनिट तथा सब,युनिटहरूमा लाइभ मल्टिकाष्ट गरिएको थियो ।
उक्त सम्बोधनमा शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण लक्ष्यहरु र उपलब्धिको समीक्षा पनि गरे । प्रधान सेनापति शर्माले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाबारे पनि बताए ।

Leave a Comment