Latest News
Kathmandu

नौ हजार नाघ्यो डेंगु संक्रमणको संख्या

नौ हजार नाघ्यो डेंगु संक्रमणको संख्या

 

काठमाडौं । नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लामा ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड
पछिल्लो समाचार →
पाकिस्तानलाई हस्तान्तरण गर्‍यो नेपालले राहत सामग्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *