Latest News
Kathmandu

करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड

करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन थालेको बताएका छन् ।

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन् ।

प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।

प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे ।

आधुनिक नेपाल निर्माणमा जनयुद्दको महत्वलाई कसैले भूल्न नहुने उनको भनाइ छ । प्रचण्डले युद्दमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने पनि बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अनेरास्ववियू (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस समितिद्वारा अयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न
पछिल्लो समाचार →
नौ हजार नाघ्यो डेंगु संक्रमणको संख्या

Leave a Comment

Your email address will not be published. Required fields are marked *