Latest News
Kathmandu

१५ दिनभित्र विवरणसहित उपस्थित हुन सहकारीलाई महानगरको सूचना

१५ दिनभित्र विवरणसहित उपस्थित हुन सहकारीलाई महानगरको सूचना

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारी गरेको छ । महानगरले १५ दिनभित्र आफ्नो विवरणसहित महानगरमा उपस्थित हुन सूचना जारी गरेको हो ।

साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभा गरी प्रतिवेदन काठमाडौं महानगरमा पेश गर्न भनिएको छ ।

प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ ।

काठमाडौं महानगरले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ ।

लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पाकिस्तानलाई हस्तान्तरण गर्‍यो नेपालले राहत सामग्री
पछिल्लो समाचार →
सुदन किराती प्रधानमन्त्री बन्नु हुन्छ : प्रचण्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *