युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद सुदन किराती प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।

राजधानीस्थित मण्डला थिएटरमा मंगलबार नेता किरातीद्वारा लिखिति कृति ‘पल पलको मृत्यु’ लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेता किराती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै बन्नसक्ने बताएका हुन् । ‘राजनीतिमा मन्त्री, राष्ट्रपति अव सुदनको निम्ति ठुलो कुरा रहेन । राष्ट्रपति पनि हुने नजिकै छ’, उनले भने ।

यस्तै पुस्तकबारे प्रचण्डले सांसद किरातीलाई शुभकामना दिए । ‘सुदन किराती जल्दो, बल्दो युवा नेता हुनुहुन्छ । वहाँले रचनाहरु ल्याउने जमर्को गर्नु भएको छ ,सफल्ताको सिंढी चढ्दै हुनुहुन्छ । शुभकामना छ’, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर