काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् ।
ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै निर्देशक बस्नेतले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपी हुँदैन ।’

Leave a Comment