Latest News
Kathmandu

चोलेन्द्रसँग थप बयान लिन महाभियोग सिफारिस समितिको बैठक बस्दै

चोलेन्द्रसँग थप बयान लिन महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पहिलो चरणको बयान सकेको महाभियोग सिफारिस समितिको बैठक आज (बुधबार) बस्दै छ ।

पहिबैठकले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछ र पूरक प्रश्नका लागि चोलेन्द्रलाई कहिले बोलाउने भन्ने दिन तय गर्ने समितिका सभापति कांग्रेस सांसद रामबहादुर विष्टले जानकारी गराएका छन् ।लो चरणको बयानअन्तर्गत समितिले पाँचौं मंगलबार ३५ देखि ४३ नम्बरसम्म अर्थात् सबै प्रश्नमा जबरासँग जवाफ लिएको थियो ।

तर समितिमा भएका सांसदका प्रश्न सकिएका छैनन् । यसैले उनलाई पुनः बयानका लागि बोलाउने तयारी समितिले गरेको छ । यस विषयमा छलफल गर्न बुधबार बिहान ९ बजेका लागि समितिको बैठक बोलाइएको छ ।सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भने, ‘समितिको बिहान ९ बजे बैठक छ, पूरक प्रश्न तयार गर्ने, बुझ्नुपर्ने प्रमाणहरू बुझ्ने, बयानका लागि बुझ्नुपर्ने व्यक्तिहरूका समितिमा अनुसन्धानका क्रममा बोलाउने तयारी छ ।’

समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र जबराले जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरूको विषयमा थप छलफल गरेर मात्र प्रतिवेदन बनाउने तयारी गरेको सचिव गौतमको भनाइ छ

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : देउवा
पछिल्लो समाचार →
महाअभियोग सिफारिस समितिको बैठक सर्‍यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *