Latest News
Kathmandu

महाअभियोग सिफारिस समितिको बैठक सर्‍यो

महाअभियोग सिफारिस समितिको बैठक सर्‍यो

काठमाडौं । आज बिहान साढे आठ बस्ने तय भएको महाअभियोग सिफारिस समितिको बैठक दिउँसोसम्मलाई सारिएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो । तर, न्यायाधीशहरुले समितिको बैठकमा नआउने भनेपछि बैठक दिउँसो १ बजेलाई सारिएको समितिका सचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । दिउँसो १ बजे पूर्वन्यायाधीशहरुलाई बोलाइएको छ ।

जबराले नाम लिएका कानुन व्यवसायीहरुलाई पनि समितिले आजै सोधपुछ गर्दैछ । कानुन व्यवसायीहरुलाई दिउँसो ३ बजे बोलाइएको समितिका सचिव गौतमले जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चोलेन्द्रसँग थप बयान लिन महाभियोग सिफारिस समितिको बैठक बस्दै
पछिल्लो समाचार →
भारत पुर्‍याइएका १६ बालकको उद्धार

Leave a Comment

Your email address will not be published. Required fields are marked *