Latest News
Kathmandu

संसद‍्बाट तीनवटा विधेयक स्वीकृत

संसद‍्बाट तीनवटा विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई वहुमतले स्वीकृत गरेको हो ।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत गरिएको छ ।

त्यस्तै, बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गुल्मी बाट नेकपा(बहुमत) निकट केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ
पछिल्लो समाचार →
भारतबाट घटेर आयो डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *