Latest News
Kathmandu

गुल्मी बाट नेकपा(बहुमत) निकट केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ

 

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) बिद्यार्थी सँगठनका केन्द्रीय महासचिब रूपा बुढा सहित दर्जानाै बिद्यार्थी नेता  कार्यकर्ता लाई गुल्मि जिल्लाकाे सम्मेलन काे र्यालि बाटै गुल्मि जिल्ला प्रहरि प्रशासनले  पक्राउ गरेकाे छ  I पक्राउ पछि केन्द्रीय अध्यक्ष मिलन राइले विज्ञप्ति मार्फत याे राज्य सत्ताले हामी लाई जतिनै पक्राउ गरेपनि हामी हाम्राे आवाज लाई सधै बुलन्द गर्न छाै ।देशमा भयकाे महंगि भष्टचारकाे बिरूद्धमा बाेल्दा हाम्राे हातमा हतकटि लगाइन्छ भने त्याे  स्वाइकार्य छैन अध्यक्ष मिलन राइले  बताउनु भयकाे छ I

प्रेस विज्ञप्ति

हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) नेपालको वर्तमान शिक्षा प्रणालीमा रहेका तमाम विकृति विसंगतिका विरुद्ध निरन्तर संघर्षरत छ । इतिहासको कालखण्ड देखि नै विद्यार्थीको हक, हित र अधिकारको खातिर तथा समाज रुपान्तरण र वर्गीय पक्षधरताको लागि त्याग, समर्पण तथा वलिदानको कोटा चुक्ता गर्दै गर्विलो इतिहास बनाएर आएको हाम्रो संगठन आज पनि राष्ट्रियता, जनतन्त्र, जनजिवीका लगायत आम नेपाली विद्यार्थीको शैक्षिक अधिकारको पक्षमा र अन्याय अत्याचार, हत्या, हिंशा, महंगी, कालोबचारी, भ्रष्टाचार, शैक्षिक व्यापारिकरण, माफियाकरण, नीजिकरण तथा विद्यार्थी र अर्थतन्त्रको विदेशी पलायनताका विरुद्ध चरणवद्ध संघर्षरत छ ।

यसै सिलसिलामा हाल हाम्रो संगठनको “प्रज्वल संगठन सुदृढिकरण अभियान” देशव्यापी रुपमा चलिरहेको छ अभियान मार्फत् संगठन निर्माण, विस्तार, भेला सम्मेलन, प्रशिक्षणका साथै विद्यार्थी तथा शिक्षा क्षेत्र भित्रका समस्याहरुको निकासका लागि संघर्ष गर्दै अभियानलाई सार्थक बनाउँदै अघि बढेको छ । ठिक यसै बेला लोकतन्त्र र गणतन्त्रको खुबै दुहाई दिने नेपाल सरकारको प्रहरी प्रशासनले शान्तिपूर्ण आवाज उठाउन पाइने, भेला सम्मेलन गर्न पाइने, शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउने अधिकार सहितको संविधानको धज्जी उडाउँदै हाम्रो संगठनको १९औं गुल्मी जिल्ला सम्मेलन शान्तिपूर्ण पूर्व निर्धारित तथा सार्वजनिकरण गरिएको मिति र समयमा हुँदै गरेको उद्घाटन कार्यक्रममा दलाल भ्रष्टहरुको व्यवस्था दलाल संसदीय व्यवस्थाको रक्षाकवज तथा आम नेपाली युवा विद्यार्थी, किसान, मजदुरहरुको अधिकारमाथी बुट बजाउने नेपालको प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेपले दलाल प्रवृत्तिको प्रशासनको पनि घुम्टो उदाङ्गो बनाईदिएको छ । प्रहरी प्रशासनको यो निच र पूर्वाग्रही घटिया कार्यको घोर निन्दा र भ्रत्सना गर्दछौं । साथै आफ्नो अधिकारको लागि र आम नेपाली विद्यार्थीको भविष्य खोज्ने विद्यार्थी माथी नभई शैक्षिक दलाल, माफिया तस्करहरु दिनदहाडै जनताको सम्पतिमाथी अनैतिक रजाईं गर्ने अपराधीहरुलाई कानूनी दायरामा ल्याउन चुनौति दिन चाहन्छौं । आगामी दिनमा यस्ता निन्दनीय कार्य नगर्न पनि चेतावनी दिँदै यस्ता घटिया कार्यमा संलग्न जो कोही विरुद्ध कडा प्रतिवाद गर्दै आफ्ना अधिकारको खातिर संघर्षको मैदानमा सहभागी हुन आम युवा विद्यार्थीलाई आवहान् गर्दछौं । क्रान्तिकारी अभिवादन सहित !
३१ भाद्र, २०७९
मिलन राई अध्यक्ष
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बहराइनसँग नेपाल ४-० गोलले पराजित
पछिल्लो समाचार →
संसद‍्बाट तीनवटा विधेयक स्वीकृत

Leave a Comment

Your email address will not be published. Required fields are marked *