Latest News
Kathmandu

बहराइनसँग नेपाल ४-० गोलले पराजित

बहराइनसँग नेपाल ४-० गोलले पराजित

काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटमा नेपाल घरेलु टिम बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग  ४-०  गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे ।

यस जितसँगै समूह बी को बहराइनले पहिलो जित निकालेको छ । बहराइनले २ खेलमा ४ अंक जोडेको छ ।

नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ । साथै नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो ।

अब नेपालले अन्तिम खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ
पछिल्लो समाचार →
गुल्मी बाट नेकपा(बहुमत) निकट केन्द्रिय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *