Latest News
Kathmandu

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा विहिबार फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका थिए ।

उनीहरुले जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको आरोप लगाएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मन्त्रीहरुले बुझाए सम्पत्ति विवरण
पछिल्लो समाचार →
बहराइनसँग नेपाल ४-० गोलले पराजित

Leave a Comment

Your email address will not be published. Required fields are marked *