Latest News
Kathmandu

विश्व इतिहासमा आजः गुयानामा ९ सयको सामूहिक आत्महत्यादेखि पानामा क्षेत्रमा सम्झौता

विश्व इतिहासमा आजः गुयानामा ९ सयको सामूहिक आत्महत्यादेखि पानामा क्षेत्रमा सम्झौता

आज १८ नोभेम्बर। विश्व इतिहासमा आज केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही एतिहासिक विश्व घटनाः

९०० जनाको सामूहिक आत्महत्या
सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालिन प्रमुख जिम जोन्सको आदेशमा टेम्पलका ९०० सदस्यहरुले सामूहिक आत्महत्या गरेका थिए। उनीहरुको आत्महत्याको कारण खुलाइएको छैन्। सन् १०५० को मध्यतिर इन्डियानमा स्थापना भएको सो टेम्पलका सदस्यहरु सन् १९७४ मा गियाना पुगेर जर्ज टाउनबाहिर एउटा वस्ती बसालेका थिए। उनीहरुले बस्ती बसालेको ठाँउलाई जोन्स टाउन भनिन्छ।

सोम्मी युद्ध
सन् १९१६ को १८ अक्टोबरमा सोम्मी युद्ध समाप्त भएको थियो। प्रथम विश्वयुद्धको समयमा ब्रिटीश र फ्रान्सको गठबन्धन फौजले जर्मनीको फौजविरुद्ध लडेको थियो। २० औं शताब्दीकै रक्तपातपूर्ण सो युद्ध सन् १९१६ को १ जुलाईमा सुरु भएको थियो। सो युद्ध फ्रान्सको सोम्मी नदीको किनारमा भएको थियो।

पानामा र अमेरिकाबीच सम्झौता
सन् १९०३ मा पानामा नहर क्षेत्र निर्माणबारे पानामा र अमेरिकाबीच सम्झौता भएको थियो। सन् १९७९ सम्म सो नहर अमेरिकी क्षेत्रभित्र पर्दथ्यो। फ्रान्सले सन् १८८१ मा पानमा नहर बनाउन सुरु गरेको थियो। तर, इन्जिनियरिङ समस्याका कारण सो कार्य रोकेको थियो। सन् १९०४ मा अमेरिकाले नहर निर्माणको जिम्मा पाएको थियो। सन् १९१४ मा नहरको निर्माण कार्य सम्पन्न भएको थियो।

अमेरिकामा पुस बटन फोन
सन् १९६३ मा अमेरिकामा पहिलो पटक पुस बटन टच टोन टेलिफोन सुरु भएको थियो। यो फोनले रोटरी डायल मोडललाई बिस्थापित गरेको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ
पछिल्लो समाचार →
जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *