Latest News
Kathmandu

पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् ।

 

आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

 

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

 

दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको घर्तीले बताउनुभयो । कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । —

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
किबीबाट जाम उत्पादन सुरु
पछिल्लो समाचार →
प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *