Latest News
Kathmandu

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

Macro view of a shiny golden bar. Fine gold ingot close up. Financial success, business investment and wealth concept. 3D illustration

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । —

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु
पछिल्लो समाचार →
प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौं : मन्त्री दुलाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *