Latest News
Kathmandu

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम   

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम   

कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

केही दिनअघि बाजुरा केन्द्र बिन्दु बनाइ भूकम्प गएको थियो । त्यही भूकम्पको त्रासमा रहेका कर्णालीवासी आइतबार राति २ बजे ‘भूकम्प आउँदै छ’ भन्ने हल्लाका कारण रातभर घरबाहिर चिसोमा बसेका हुन् ।

‘राति २ बजेपछि भूकम्प आउँदै छ’ भन्ने हल्ला गाउँभरी फैलिएपछि त्रसति भएका सदरमुकाम गमगढीका स्थानीय प्राविधिक कार्यालय, खाद्य संस्थान र महाकाली नमुना माध्यमिक विद्यालयको खुल्ला चौरमा आगो तापेर रातभर जाग्राम बसेका थिए ।

गलत सूचनाका कारण माघको चिसोमा दूधे बालक काखमा च्यापेर घरबाहिर बस्न बाध्य भएका स्थानीय गलत सूचना दिनेलाई सम्बन्धित निकायले खोजी गरी कारवाही गर्नुपर्ने बताउँछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट   
पछिल्लो समाचार →
गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका   

Leave a Comment

Your email address will not be published. Required fields are marked *