Latest News
Kathmandu

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका   

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका   

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष चौलागाईंले भन्नुभयो, “खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो ।” गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ ।

छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम   
पछिल्लो समाचार →
श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर   

Leave a Comment

Your email address will not be published. Required fields are marked *