Latest News
Kathmandu

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । उनलाई जिल्ला अदालतले कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो । १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

 

मुद्दा परेपछि फरार रहेका कारण उनलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान गर्नपर्ने भएको हो । सुरुमै म्याद गुजारेका कारण अदालतले चौधरीलाई पुनरावेदनको म्यादसमेत दिएको थिएन ।

उनी जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्नेछ । उनीहरुलाई बिगो ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ ।

अदालतको आदेशपछि उनलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ । चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध ०७० वैशाख ९ गते जनही ६ महिना कैद र उक्त बिगो भराउने फैसला भएको थियो ।

कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले उक्त फैसला भुक्तान गरेका थिएनन् । पक्राउ परेसँगै उनी सांसदबाट पनि निलम्बनमा परेका छन् । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए ।

उन्मुक्ति पार्टीले भने पक्राउ परेका आफ्ना सांसद चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिइसकेको छ । ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो कैद भुक्तान नगरेका चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरि जिल्ला अदालत पेश गर्ने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टीले भने आफ्ना सांसद रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको हो ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल-मलेसिया उच्चस्तरीय श्रम बैठक : कामदारको हित र सुरक्षामा केन्द्रित द्विपक्षीय छलफल
पछिल्लो समाचार →
सन्दीपलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

Leave a Comment

Your email address will not be published. Required fields are marked *