Latest News
Kathmandu

सन्दीपलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

सन्दीपलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । निवेदनमा बलात्कारको आरोप लागेका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर गर्नसमेत माग गरिएको छ ।

निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानतमा लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानून रहेकोमा थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनु पर्ने भनी आफूलाई प्राप्त अधिकारक्षेत्र भन्दा बाहिर गई विधायिकी मनसाय विपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश वेरीतपूर्ण हुँदा बदरभागी रहेको उल्लेख छ ।

नेपाल कानूनमा रहेको थुनछेकसम्बन्धी कानूनी व्यवस्था नै नेपालको सन्दर्भमा विधायिकी मनसाय भएको तथ्यलाई कसूरको गाम्भीर्यता र त्यसले समाजमा पार्नसक्ने असर समेतको मूल्याङ्कन गरी त्यसले समाजमा आपराधिक कृयाकलापमा कमी ल्याउन सहयोग गर्ने गरी आदेश गर्नुपर्नेमा सो विपरित भएको उच्च अदालत, पाटनको उक्त आदेश वेरीतपूर्ण रही बदरभागी रहेको पनि बताइएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान
पछिल्लो समाचार →
प्रभावशाली फुटबलर विशाल राई अस्ट्रेलियातर्फ

Leave a Comment

Your email address will not be published. Required fields are marked *