काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी विशाल राई अस्ट्रेलियातर्फ लागेका छन् । नेपाली फुटबल खेलाडीहरूको विदेश पलायत बढिरहँदा राई अस्ट्रेलिया उडेका हुन् । तर, उनी खेल्नकै लागि गएको बताएको छ ।
घरेलु फुटबलमा लामो समयदेखि विवाद र गतिविधि रोकिएको अवस्थामा खेलाडी बाहिरिरहेका छन् । विशालले नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ खेल खेल्दै ३ गोल गरेका छन् ।
विशालकै महत्पूर्ण भूमिकामा मच्छिन्द्र क्लबले लगातार दुई सिजन घरेलु लिग जितेको थियो । यो सिजन पनि उनी मच्छिन्द्रबाट खेल्ने तय थियो ।

Leave a Comment