Latest News
Kathmandu

‘एमाले सम्मेलित सरकारमा कांग्रेस सभागी हुँदैन’

‘एमाले सम्मेलित सरकारमा कांग्रेस सभागी हुँदैन’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी नहुने बताएका छन् । कांग्रेसका सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति संकेत गर्दै उनले एमाले सम्मेलित सरकारमा कांग्रेस सहभागी नहुने बताए ।

‘एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने भन्ने कुरा सञ्चारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन । काँग्रेस सहभागी हुँदैन’, सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

कांग्रेस सरकारमा नजाने कुरामा ढुक्क रहन आग्रह गर्दै सबैखाले भ्रमबाट मुक्त हुन जरुरी रहेको समेत उनले उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोप्रति एमाले संशकित बन्दै आएको छ ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस राज्यमन्त्री पाए पनि सरकारमा आउने टिप्पणी गरेका थिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रभावशाली फुटबलर विशाल राई अस्ट्रेलियातर्फ
पछिल्लो समाचार →
रविलाई न्याय मिलेन भन्दै जुम्लामा आत्मदाह प्रयास

Leave a Comment

Your email address will not be published. Required fields are marked *